सेभ अर्थ एण्ड ह्युमानिटि! क्याम्पिएन !

पृथ्वी हाम्रो जननी सबको, जति छ्न जीवहरु
वनस्पति अदृश्य सजिव धेरै छ्न, चिज अरु,
प्राण वायु अन्न र पानी धेरै छ्न खानलाई
प्रकृति एउटै ब्यबहार गर्छिन,ठुला र सानालाई ।!।

जल,वायु,आकाश,पृथ्वी अग्नी मिलेर शरीर
हिउँद, बर्षा, शिशिर,बसन्त आदि प्राकृत चरित
समुद्र देखि उठेर शिर, हिमशिखर सगर छ
कोटिका कोटि जीवलाई खेल्न, रमाउन रहर छ ।!!।

कहिं छ मैदान क्षितिजसम्म नपुग्ने यी नयन
कतै छ हिउँ चिसोको ओछ्यान,कर्‍ओ छ बयान
मरुभूमि आफ्नो लयमा बोल्छ, बालुवा बढार्दै
उर्भर जमिन जमेर बस्छ, उपजलाई सकार्दै ।!!!।

प्रजाती धेरै फरक स्वाभाब सजिव सबका छ्न
पालन पोषण संभार गर्ने प्रकृति आफैं हुन
दर्शाउँदै प्रेम सुगन्ध छर्छिन, सदा उन्नति पथमा
अमृत रुपि हावापानी जीवको, संचालन रथमा ।iv।

आफ्नै रित रम्यता छ धरमा उब्जाउन फलाउन
पृथक स्वादमा दिन्छिन उपज,जीवन चलाउन
पारख नौलो तातो र चिसो आफैंले मिलाउने
बोधमा यहि ग्रह छ हाम्रो, प्राणि बचाउने चलाउने !v!

बिगार्दै गयो मान्छेले आफ्नै,घरको ब्यवस्था
भयावह बन्नेछ अझै धर्तीको,नसुध्रे अवस्था
सुधारौं शैली प्रकृतिप्रती आचर सच्चाउन
पृथ्वी मानव अस्तित्व यहीँ अनन्त बचाउन !vi!

कार्बन रसायन बिषादीहरु,फोहोर बढ्दै छ
अनेकौं रोग तापक्रम वृद्धि, आयु नै घट्दै छ
नासेर बन कमाइ धन हुँदैन,कल्याण जनको
पृथ्वी बचाउँ,मानवता जोगाउँ,सन्तुष्टि मनको !vii!

(पृथ्वी र मानवता बचाउँ अभियान ) २०८०